आफ्नै घरमा उत्पादन भएको सौर्य उर्जा यसरी बेच्नुस्

काठमाडौँ, ६ पौष । आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्नेछन् ।

घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ । घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ ।

व्यक्तिले महिनाभरि प्राधिकरणको विद्युत् खपत गरेको र निजले प्राधिकरणलाई बिक्री गरेको विद्युतीय ऊर्जाको हिसाब गर्दा खपत गरेकोभन्दा बढी ऊर्जा बिक्री गरिएको पाइएमा त्यसबापतको रकमसमेत प्राधिकरणबाट प्राप्त हुनसक्छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बढी भएको बिजुली व्यक्तिले आफूहरूलाई बिक्री गर्नसक्ने बताउँदै भने, “प्राधिकरणका जुनसुकै शाखाबाट पनि यस्तो सुविधा लिन सकिन्छ । प्राधिकरणको विद्युत् खपतभन्दा व्यक्तिको घरबाट उत्पादन भएको ऊर्जा बढी भएमा हिसाब गरेर रकम पनि दिन्छौँ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ