ओम नेपाल फाउन्डेसनले सरकारी खातामा ५० हजार सहयोग

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ ।

फाउन्डेसनले आज सरकारी खातामा उक्त रकम जम्मा गरेकाे फाउन्डेसनका अध्यक्ष खुसराज लामाले जानकारी दिनुभयाे । `कुनै पनि व्यक्ति वा संस्थाले सकेसम्म आवश्यकता अनुसार राहत, उद्धार तथा पुनर्स्थापनामा सहयाेग गराैं´, उहाले भन्नुभयाे, ´तपाईं-हाम्राे सानाे सहयाेगले पीडितकाे दुखेकाे घाउमा मलहम बन्छ ।´

बुधबार छिमेकी देश चिनकाे केरूङ तर्फबाट आएकाे बाढीका कारण रसुवा, नुवाकाेट तथा धादिङमा ठूलाे मानवीय तथा भाैतिक क्षति भएकाे छ । जसकाे लागि सरकारले जनताकाे बाच्न पाउने अधिकारलाई सुरक्षित गर्ने र विपद्बाट हुने क्षतिलाई कम गर्ने लक्ष्यका साथ स्वदेश तथा विदेशीसँग सहयाेगकाे अपिल गरेकाे छ । साेही अनुसार फाउन्डेसनले सरकारलाई उक्त नगद सहयाेग गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको