ओम नेपाल फाउन्डेसनले सरकारी खातामा ५० हजार सहयोग

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ ।

फाउन्डेसनले आज सरकारी खातामा उक्त रकम जम्मा गरेकाे फाउन्डेसनका अध्यक्ष खुसराज लामाले जानकारी दिनुभयाे । `कुनै पनि व्यक्ति वा संस्थाले सकेसम्म आवश्यकता अनुसार राहत, उद्धार तथा पुनर्स्थापनामा सहयाेग गराैं´, उहाले भन्नुभयाे, ´तपाईं-हाम्राे सानाे सहयाेगले पीडितकाे दुखेकाे घाउमा मलहम बन्छ ।´

बुधबार छिमेकी देश चिनकाे केरूङ तर्फबाट आएकाे बाढीका कारण रसुवा, नुवाकाेट तथा धादिङमा ठूलाे मानवीय तथा भाैतिक क्षति भएकाे छ । जसकाे लागि सरकारले जनताकाे बाच्न पाउने अधिकारलाई सुरक्षित गर्ने र विपद्बाट हुने क्षतिलाई कम गर्ने लक्ष्यका साथ स्वदेश तथा विदेशीसँग सहयाेगकाे अपिल गरेकाे छ । साेही अनुसार फाउन्डेसनले सरकारलाई उक्त नगद सहयाेग गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी