राष्ट्रपतिले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडाैँ, ११ भदाै ।राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् । 

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्‍याउन राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले बाढीबाट ठुलो जनधनको क्षति भएकामा विपद् प्रभावित नागरिकको उद्धार, खोज तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक कोषमा दिने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि

काठमाडाैँ, ११ भदाै । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । उपकुलपति किशनदत्त भट्टका अनुसार

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई