मन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीहरुले नेपालमा बुधबार आएको विपतपछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेका छन् ।

विदेशमन्त्री रहमानले नेपालको विपतकाे यस घडीमा बङ्गलादेश साथमा रहेको र हरेक प्रकारको सहयोग गर्ने तयार रहेको प्रतिबद्धता जनाएका छन् ।  

परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्न प्रस्ताव गरेको बङ्गलादेश सरकारलाई धन्यवाद व्यक्त गर्दै सहयोगका विषयमा नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताएका छन् ।

नेपालमा बुधबार भएको विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्र मन्त्रीबिच उक्त टेलिफोन वार्ता भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ हजार

काठमाडौँ, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज