सङ्कटबाट पार पाउन हामी सबै एक ठाउँमा उभिनुपर्छ : सुशीला कार्की

काठमाडाैँ, ११ भदाै । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी छन् ।

बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षति भएको थियो ।

घटनाप्रति कार्कीले गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा तपाईंहरू कोही पनि एक्लो हुनुहुन्न भनेकी छन् ।  ‘यो कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्र दुःख होइन । यो हामी सबै नेपालीको साझा पीडा हो । विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ’, उनले भनेकी छन्, ‘यस सङ्कटबाट पार पाउन हामी सबै एक ठाउँमा उभिनुपर्छ, उभिनेछौँ ।’

विपदमा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने भन्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई आफ्नो सामर्थ्य अनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न आग्रह गरेकी छन् । 

‘कसैका लागि सानो देखिने सहयोग पनि विपदमा परेका परिवारका लागि ठुलो भरोसा र आशाको आधार बन्न सक्छ । तसर्थ, आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ । सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज सङ्कटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जीवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौँ । यो हाम्रो जिम्मेवारी, आत्मीयता र मानवताको अभिव्यक्ति पनि हो’कार्कीले अपिल गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो