मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू

काठमाडौँ, ५ पौष । सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो ।

१६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले भने, सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको छ सहकारीहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएको छ भने विभागमा उजुरी गर्नु हामी कारबाही गर्छौं, अनुगमन पनि गरेका छौँ ।

विभागको दाबीलाई जिल्ला सहकारी सङ्घ लिमिटेड काठमाडौँले भने चुनौती दिएको छ । बढी ब्याजदर लिने सहकारीको नाम उल्लेख नगरीकन सङ्घका अध्यक्ष टङ्कप्रसाद चौलागाईंले भने, कोही–कोही सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएका छन, कोहीले त्योभन्दा पनि कम लिएका छन, सैद्धान्तिक रूपमा सन्दर्भ ब्याजदरप्रति हाम्रो विरोध छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन