काठमाडौँ, २२ मंसिर । विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसरमा आज डिसेम्बर ८लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।
राधा पौडेल फाउण्डेसनको अग्रसरतामा मनाइएको दिवसको अवसरमा माइतीघर मण्डलामा भेला भई स्कुल तथा कलेजस्तरबाट महिनावारीबारे जनचेतना जगाउँदै आएको फाउण्डेसनले आज (डिसेम्बर ८)का दिन विशेष कार्यक्रमको आयोजना गरी मर्यादित महिनावारी दिवस मनाएको हो ।
मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेलले लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको बताइन ।
महिनावारी सामान्य शारीरिक अवस्था भएकाले यसलाई स्वस्थ्यसँग जोडेर हेर्नुपर्ने अभियन्ताहरुको भनाई छ ।







