कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ

काठमाडौँ, ६ मंसिर । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् । उनलाई धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलबाट आज बिहान पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहान करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको थियो ।

महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।

बरामद हतियार र गोलीसहित उनलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारले जनताको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै इमानदारिता र जवाफदेहिताका साथ काम गर्नुपर्ने

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् । 

काठमाडौँ, ६ मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् । आज मुख्यमन्त्रीको शपथ

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली