खेलाडी उत्पादन तथा खेलकुदप्रति युवाको आकर्षण बढाउनुपर्छ: मुख्यमन्त्री पाण्डे

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेसहित प्रदेशका पूर्वमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङलगायतले सोमबार रङ्गशालाको अवलोकन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले रङ्गशालाको पूर्वाधार विकासका लागि तत्काल रु १० लाख उपलब्ध गराउने घोषणा गरेका छन् ।

खेल मैदानको स्तरोन्नति र आवश्यक पूर्वाधार विकास गर्न सके खेलाडी उत्पादन तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन सकिने उनको भनाइ थियो । खेलकुदले खेलाडीको प्रतिभा पहिचान र विकाससँगै नागरिकको स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने भएकाले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

एजेन्सी, १ मंसिर । अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो

काठमाडौँ, १ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Code Name Buy Sell Unit

काठमाडौँ, १ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाअ अनुसार