एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : मन्त्री पोखरेल

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री पोखरेलले फिफा र एएफसी तहगत निर्वाचनमा सहमत हुँदा समस्या समाधान भएको उल्लेख गरे । फिफा-एएफसी र सरकारबीच बुझाइमा फरकपन हुँदा यो समस्या आएको उनको भनाइ छ । एन्फा निर्वाचन पुरानै नेतृत्वले गर्ने कि अन्तरिम कमिटी बनाएर गर्ने भन्नेबारे टुंगो लाग्न बाकी रहेको मन्त्री पोखरेलले बताए ।

उनले भने, ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउछौं । त्यो रोडम्यापअनुसार निर्वाचन गर्नुपर्ने उहाँहरुको प्रस्ताव छ । हामीले राखेको कुराहरुमा पनि उहाँहरु पोजेटिभ हुनुहुन्छ, उहाँले राखेको कुरामा हामी पनि पोजेटिभ छौं । ‘राज्यले गर्ने काम आफैले गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले गर्दैनौ भनेर उहाँहरुलाई जानकारी गरायौं । त्यसमा उहाँहरु पोजेटिभ हुनुभयो । तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने कहिले गर्ने भन्ने विषयमा टुंगिन बाकी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट