बसबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ, ६ मंसिर । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो ।

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आज बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकामा चिकित्सकले मृत घोषणा गरेको हो । घटनापछि बस र चालक मेलौली नगरपालिका–९ घर भएका ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् । आइतबार

काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढीपीडितको पछिल्लो अवस्थाबारे जानकारी लिन रसुवा पुगेका छन् । थापासहित कांग्रेसका नेताहरू

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।

काठमाडौँ, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डाक्टर