साताको शेयर बजार

काठमाडौँ, ७ मंसिर । साताभरनै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर रु एक अर्ब ५७ करोड २८ लाख ७३ हजार ४९५ मूल्यमा खरीद बिक्री भए ।

साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झर्यो ।

पहिलो दिन नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।

दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुग्यो । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भयो । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

बुधबार पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुग्यो । कूल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से परिसूचक ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भयो । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन