काठमाडौँ, २६ कार्तिक । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५ को २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलवारका दिन बबरमहल स्थित कार्की ब्याङ्गकेटमा भएको वार्षिक साधारणसभा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफल गरि पारित गरेको छ ।
संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा गर्नुभयो ।
प्रस्तावहरुमा आ.व. २०७४/०७५ बार्षिक प्रतिवेदन, सोहिआ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ ।
त्यसै गरि बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै नीर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।







