जन्मदिनको अवसरमा रुमालमा अटोग्राफ

भक्तपुर, १८ कार्तिक । साना केटाकेटीलाई जन्मदिनमा साथीभाईलाई चकलेट बाँड्नु र केक काट्नु अब सामान्य भईसक्यो । तर यो चलन पुरानो भईसकेकोले भक्तपुर युरो किड्स सल्लाघारीले भने नयाँ जुक्ति निकाल्यो ।

कुनैपनि विद्यार्थीको जन्मदिनमा विद्यार्थीले चलकेट र केक ल्याउन नपाउने बरु यसको बदलामा सो कक्षाका कक्षा शिक्षक, प्रिन्सिपल र कक्षाका सबै साथीहरुले एउटा हाते रुमालमा शुभकामना लेखेर (अटोग्राफ) त्यसलाई फ्रेम हालेर जन्मदिन मनाएको विद्यार्थीको घरमा सजाउने विद्यालयले नयाँ जुक्ति निकालेको हो ।

सोमबार जन्मदिन परेकी २ कक्षाकी सान्वी खड्काको जन्मदिनको अवसरमा विद्याललयका प्रवन्ध निर्देशक नवराज काफ्ले, प्रिन्सीपल ज्योति क्षेत्री, कक्षा शिक्षिका पुजा थापा लगायत उनको कक्षाका सबै साथीहरुले एउटा नयाँ हाते रुमालमा अटोग्राफ दिँदै सान्वीको जन्मदिनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने