काठमाडौँ, ११ कार्तिक । गुरुकृपा फाउन्डेसन एउटा आध्यात्मिक संस्था हो । यो विगत दश वर्षदेखि चल्दै आएको छ । यसले ध्यानको माध्यमबाट हामी भित्र भएको शान्ति, खुसी, आनन्द, प्रेम, प्रसन्नतालाई कसरी उजागर गर्ने भनेर यहाँ सिक्छौँ र यो अद्भुत एउटा छत्र छायाँ हो । जहाँबाट हामीले आफ्नो जीवनलाई कसरी परोपकारी बनाउन सकिन्छ, समाजको कल्याण कसरी गर्न सकिन्छ र सोयमले आफ्नो कल्याण कसरी गर्ने र यो सबै कुरालाईचैँ यस फाउन्डेसनले आध्यात्मिक रुपमा विभिन्न साधनाहरु द्वारा आफुभित्र निखार ल्याउँदै अनवरतरुपमा लागिरहेको छ ।
गुरुकृपा फाउन्डेसनले वर्षभरी विभिन्न कार्यक्रमहरू ल्याउने गरेको छ । जस्तै:- गुरुसाधना जसले समस्त गुरुसंग एकाकार हुने आफु भित्रको आनन्दलाई उजागर गर्ने अद्भुत साधना हो । त्यसैगरी चक्रसाधना, सुस्मसमाधी साधना, आभामण्डल ध्यान साधना, थर्डआइ मेडिटेसन, साइसाधना, ऊर्जा उपचार इत्यादी । फाउन्डेसनका आध्यात्मिक गुरु हुन्, पवन कटुवाल । गुरुकृपा फाउन्डेसनले रात्रीकालीन ध्यान साधना Zoom, Youtube, Facebook र TikTok को माध्यमवाट निशुल्क रुपमा सेवा प्रदान गरीरहेको छ । यसले हजारौँ मानिसको माइग्रेन, डिप्रेसन, अनिन्द्राको समस्याबाट फाइदा र ध्यानको लाभ लिइरहेका छन् ।
गुरुकृपा फाउन्डेसनले आध्यात्मिक कार्यक्रमका साथ साथै समाज सेवामा पनि जोडिएको छ । जसलाई कृपादान भनेर नाम दिएको छ । यस कृपादानले नेपालका विभिन्न ठाउहरूमा जोचैँ खान र लाउन नपाएर अत्यन्तै गारो अवस्थामा हुनुहुन्छ त्यस्ता लाई आफैगएर खाद्यान्न र लताकपडाहरू वितरण गर्दै आएको छ । गुरुकृपा फाउन्डेसनले स्कुल र कलेजहरूमा पनि निशुल्क रूपमा (AWARENESS) को कार्यक्रम साथै ध्यान, साधना सिकाउँदै आएको छ र यसले विद्यार्थीहरूलाई अत्यन्तै फाइदा गर्दै आएको छ।
गुरुकृपा फाउन्डेसनले आध्यात्मिक चेतना, साधना, सेवा र मानवताको यात्रामा निरन्तर अघि बढ्नेछ र यसको माध्यमबाट धेरैभन्दा धेरै मानिसले आफ्नो जीवनमा ध्यानको अद्भुत आनन्द,शान्ति, प्रेम, करूणा र स्वआनन्दको अनुभूति गराउनए सफल भएको छ ।







