तिहारमा ५२ लाख फूलका माला खपत हुने

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ ।

मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा (पोली) र गमला समेत जोड्दा यस वर्षको तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख पुग्ने प्रक्षेपण छ ।

फ्यानको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै ४५ लाख वटा सयपत्री फूलको माला खपत हुनेछ, जसको थोक मूल्य औसत ९० रुपैयाँका दरले ४० करोड ५० लाख पर्न आउँछ ।

त्यस्तै ४५ रुपैयाँ औसत मूल्य रहेको मखमली फूलको ६ लाख मालाबाट २ करोड ७० लाख, १ हजार २ सय रुपैयाँ औसत मूल्य रहेको गोदावरी फूलको २० हजार मालाबाट २ करोड ४० लाख र ४ सय रुपैयाँ औसत मूल्य रहेको विभिन्न फूल मिसाइएको (मिक्स) ६० हजार मालाबाट २ करोड ४० लाखको कारोबार हुने अनुमान छ । मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगा (प्रतिथुँगा ३० रुपैयाँ) बाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमला (प्रतिगमला ७५ रुपैयाँ) बाट ६ करोडको कारोबार हुने फ्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट