रोकियो मलेसियाको रोजगारी

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ ।

श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको हो ।

मलेसिया सरकारको ‘फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले गत १५ असोजदेखि नयाँ श्रमिकको बायोमेडिकल (स्वास्थ्य परीक्षण) दर्ता गर्न रोकेपछि ‘कलिङ भिसा’ जारी हुन सकेको छैन । एफडब्लूसीएमएस सञ्चालन गर्ने कम्पनी वेस्टिनेट एसडीएनले मलेसियाद्वारा सूचीकृत २५ म्यानपावर कम्पनी (प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी) सक्रिय भएपछि मात्र बायोमेडिकल दर्ता खुल्ने सर्त राखेको छ ।

मलेसियाले गत भदौमा छनोट गरेका २५ मुख्य र २५० सहायक रिक्रुटमेन्ट एजेन्सीलाई नेपालले भने अनुमति दिएको छैन । नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो छनोट प्रक्रियाप्रति गम्भीर आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी