काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको हो ।
बजारमा सुरुवाती समयमा केही गिरावट देखिए पनि पछिल्लो समयमा सुधार हुँदै परिसूचक सामान्य वृद्धि भएर बन्द भएको हो।
आज बजारमा कुल ३६० वटा सूचीकृत कम्पनीहरूका ५३ हजार ३० पटकको कारोबारमार्फत १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर किनबेच भएका छन्। यस दिन कुल ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा १३५ कम्पनीको मूल्य बढेको छ । १३६ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा बेनी हाइड्रोपावरका सेयरधनीहरूले सर्वाधिक कमाएका छन्, जसको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको हो । त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाको मूल्य १२.०९ प्रतिशत बढेको छ । अन्य कम्पनीमा भने दोहोरो अंकको वृद्धि देखिएको छैन ।







