अर्थमन्त्री वाग्लेलाई वर्खास्त गर्न पूर्वमन्त्री बाँस्कोटाको माग

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन् ।

भारतको एक टेलिभिजनको कार्यक्रममा सहभागिता जनाउन नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेले कुटनैतिक मर्यादा भुलेर भारतको विरोध गरेर नेपाली राष्ट्रवाद बन्ने अवस्था अन्त्य भएको भनि अभिव्यक्ति दिएका थिए । सोही प्रसंगलाई लक्षित गर्दै पूर्वमन्त्री बाँस्कोटाले अर्थमन्त्री वाग्लेलाई नवलेण्डुपेको संज्ञा दिए ।

उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘न राष्ट्र संघ न युनिभर्सिटीको PhD को खोस्टो थियो उनीसँग । तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक-जाई कटक र दुई ढुंगाको तरुलको सुत्रमा बाँधेका थिए । अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम, पिएम ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी