निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

काठमाडौँ, १७ कार्तिक । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् ।

गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।

बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हातपात भएको छ ।

कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पीडित विद्यार्थीले बताएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी