निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

काठमाडौँ, १७ कार्तिक । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् ।

गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।

बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हातपात भएको छ ।

कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पीडित विद्यार्थीले बताएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको