सूर्यविनायक जंगलमा गोल्डेन सुनगाभा स्काउटको परेड

भक्तपुर, ६ कार्तिक । गोल्डेन सुनगाभा स्काउट ट्रुप दुवाकोटका ५५ जना स्काउट विद्यार्थी सुर्यविनायक जंगलमा हाइकिंग र मनोरञ्जन गर्नुको साथै परेड खेलेर रमाइलो गरेका छन् ।

सो स्काउट ट्रुपका स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा ती विद्यार्थी भक्तपुर जिल्ला स्काउटको भ्रमणपछि भक्तपुर दरवारक्षेत्र, ५५ झ्याले दरवार, पाँचतल्ले मन्दीर (न्यातापोल) अवलोकन गर्दै सुर्यविनायकको जंगलसम्म हिँडेर गएका थिए ।

टोलीमा स्काउट शिक्षक/शिक्षिकाहरु सीतालक्ष्मी देशेमरु, सोहन रञ्जित, विष्णुलक्ष्मी कोजु, राज्यलक्ष्मी कैती, रविना घटुवा र मन्दिरा अवाल पनि सहभागी थिए ।

स्काउटहरुलाई आफु पुग्ने गन्तव्यसम्मको नक्सा बनाएर पैदलयात्रा गराइएको थियो भने सुर्यविनायक जंगलमा पुगेपछि विभिन्न ज्ञानवद्र्धक र मनोरञ्नात्मक खेल खेलाइएको थियो । स्काउटिङ्ग कृयाकलापमा नक्साको आधारमा आफ्नो गन्तव्यमा पैदल पुग्ने ‘हाइकिङ्ग’ लाई रमाइलो कृयाकलापको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी