लक्ष्यभन्दा ५३ अर्ब ६९ करोड कम राजस्व असुली

काठमाडौँ, ६ कार्तिक । सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो ।

यस अवधिमा कुल १ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा १ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० प्रतिशत राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, साउनदेखि असोजसम्मको अवधिमा जम्मा २.५९ प्रतिशत मात्रै वृद्धि भएको देखिएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन