दशैंको टिका लगाएर युरो किड्सका विद्यार्थीलाई विदाई

भक्तपुर, १७ असोज । २०७६ सालको वडादशैंको अवसरमा भक्तपुर युरो किड्स सल्लाघारीका साना केटाकेटीलाई टिका जमरा लगाईदिएर वडादशैंको शुभकामना दिईएको छ ।

दशैंमा चंगा उडाउनका लागि हुरुक्क हुने ती साना केटाकेटीलाई दशैंमा चंगाको महत्व बताएर र चंगा उडाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा पनि सिकाइएको थियो ।

अभिभावकको प्रत्यक्ष रेखदेखमा मात्रै केटाकेटीलाई चंगा उडाउन लगाएमा चाडवाडको बेलामा नराम्रो घटना नघट्ने विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए ।

भक्तपुर युरो किड्स प्रा.लि, अन्तराष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट ‘उदाउँदो केन्द्र’ को रुपमा गतवर्ष पुरस्कृत नेपालको पहिलो विद्यालय हो ।

यसैगरि सोही विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको हजुरबुबा/हजुरआमा दिवस पनि भव्य रुपमा मनाएको छ । विद्यालयमा अध्ययनरत सबै कक्षाका विद्यार्थीका हजुरबुबा/हजुरआमा सहभागी भएको सो कार्यक्रममा सबै विद्यार्थीहरुले विभिन्न विषयमा आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी