दशैंको टिका लगाएर युरो किड्सका विद्यार्थीलाई विदाई

भक्तपुर, १७ असोज । २०७६ सालको वडादशैंको अवसरमा भक्तपुर युरो किड्स सल्लाघारीका साना केटाकेटीलाई टिका जमरा लगाईदिएर वडादशैंको शुभकामना दिईएको छ ।

दशैंमा चंगा उडाउनका लागि हुरुक्क हुने ती साना केटाकेटीलाई दशैंमा चंगाको महत्व बताएर र चंगा उडाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा पनि सिकाइएको थियो ।

अभिभावकको प्रत्यक्ष रेखदेखमा मात्रै केटाकेटीलाई चंगा उडाउन लगाएमा चाडवाडको बेलामा नराम्रो घटना नघट्ने विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए ।

भक्तपुर युरो किड्स प्रा.लि, अन्तराष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट ‘उदाउँदो केन्द्र’ को रुपमा गतवर्ष पुरस्कृत नेपालको पहिलो विद्यालय हो ।

यसैगरि सोही विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको हजुरबुबा/हजुरआमा दिवस पनि भव्य रुपमा मनाएको छ । विद्यालयमा अध्ययनरत सबै कक्षाका विद्यार्थीका हजुरबुबा/हजुरआमा सहभागी भएको सो कार्यक्रममा सबै विद्यार्थीहरुले विभिन्न विषयमा आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको

काठमाडौँ, १४ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ