काठमाडौँ, १५ असोज । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





