हाइड्रोपावरमा लगानीकर्ता अनिच्छुक, सरकारी लक्ष्य प्रभावित हुने

काठमाडौँ, १५ असोज । हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ ।

सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षांै कुर्नुपर्ने र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहँुदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेका अनुसार जलविद्युत् कम्पनीले लगानीकर्तालाई रिटर्न दिन नसक्नु नै जलविद्युत्को सेयर घट्नुको प्रमुख कारण हो ।

उनले भने, ‘हाइड्रोपावर कम्पनीहरू निश्चित आम्दानी भएको क्षेत्र हो, यसमा अन्य क्षेत्र जस्तो उल्लेख्य आम्दानी हुँदैन, त्यसमा पनि सरकारले दिने सहुलियत पाएकै छैन, प्राधिकरणले विभिन्न किसिमका पेनाल्टी लगाएकै कारण धेरै जलविद्युत् कम्पनी रुग्ण अवस्थामा हुँदा यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा परेको हो ।’

नेपालको पानी जनताको लगानी, हरेक नेपालीको सेयरमा लगानी भन्दै नारा लगाउँदै आएको सरकारको कमजोर नियमन र स्पष्ट कानुनी व्यवस्था नहुँदा अब आउने जलविद्युत्को सेयरमा लगानी नै नआउने संकेत देखिन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन