प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न

काठमाडौँ, ९ असोज । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।

प्रतियोगिता समापनका अवसरमा बिहीबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेलले व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउने चर्चा गर्दै प्रहरीको जीवनमा खेल अभिन्न अंगको रुपमा रहने बताउनुभयो । खेल जीवनमा खेलाडीहरू सदैव जोस, जाँगर र इमानदारीका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी खेलकुदलाई गर्व गर्न लायक बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरीको खेलकुद टिमले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खेलकुद टिमले व्यवसायिक क्षमतामा थप अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, शील्ड र नगद पुरस्कार, सहभागी टिमलाई मोमेन्टो र प्रतियोगिताका रेफ्रिहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मानिसलाई शारीरिक रुपमा स्वास्थ्य र मानसिक रुपमा सबल राख्न खेलकुदले मद्दत पुर्‍याउने विचार व्यक्त गर्दै खेलकुदको दिगो विकासका लागि प्रतिभावान खेलाडीहरुको समयमै उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतियोगिताका उत्कृष्ट ब्लकर र स्पाईकरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरुमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य(सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले खेलका रेफ्रीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्‍घाटन गर्नुभएको थियो । उक्त प्रतियोगिता अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर टीम विजय भएको हो । असोज ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।

सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै