परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो । विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तरराष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए । दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान