आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ ।

हिन्दु तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो ।

मूलतः वर्षा, सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो । देवी तलेजुको प्रतिनिधिका रूपमा मानिने जीवित देवी कुमारीको रथलाई इन्द्रजात्राका अवसरमा काठमाडौँका पुराना बस्तीहरू हुँदै नगर परिक्रमा गराइन्छ । यस रथयात्रालाई देवीको नगर परिक्रमा र सर्वसाधारण भक्तजनका लागि प्रत्यक्ष दर्शन तथा पूजाआजाको अवसरका रूपमा लिइन्छ । यसले काठमाडौँको धार्मिक जीवनमा देवी आराधना, शक्ति उपासना र सामुदायिक सहभागितालाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।

वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दु तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ । इन्द्रजात्राको प्रमुख प्रतीकका रूपमा भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा