हुण्डी कारोबार गर्ने एक महिला पक्राउ

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध हुण्डीमार्फत एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ कारोबार गरेको आरोपमा सुनसरी धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई बिहीबार पक्राउ गरेको हो ।

श्रमिकले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा शाहीलाई पक्राउ गरिएको हो ।

शाहीले विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको र सोही माध्यमबाट हुण्डी कारोबार सञ्चालन गरेको खुलेको छ ।

शाहीले घरेलु तथा साना उद्योग कार्यालय इटहरी, सुनसरीमा दर्ता रहेको ‘शाही मनि ट्रान्सफर’को नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा उक्त रकम कारोबार गरेको पाइएको छ ।

हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिई शाहीलाई धरानको खैरेनीबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी