मकवानपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु 

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात खोलामा आएको बाढीले बगाएर एक पुरुषको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने ५० वर्षका श्यामबहादुर स्याङतानको मृत्यु भएको हो ।

बकैया गाउँपालिका वडा नम्बर ११ बाट हिजो दिउँसो ५ बजे घरतर्फ फर्किने क्रममा स्याङतानलाई सिमात खोलाको बाढीले बगाएको थियो । सिमात खोलाको बीचको ढुंगामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो । 

स्याङतानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा