मेस्सीलाई ‘फिफा वर्ष खेलाडी’को अवार्ड

 एजेन्सी, ७ असोज । स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले ‘फिफा वर्ष खेलाडी’को अवार्ड जितेका छन् ।

सोमबार राति इटालीको मिलानमा फिफाद्वारा आयोजित अवार्ड घोषणा सभामा मेस्सीलाई ‘बेस्ट फिफा प्लेयर अफ् द इयर’ घोषणा गरिएको हो । भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उनले २०१९ को फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन ।

यो अवार्डसँगै मेस्सीले आफ्नो करिअरमा नयाँ इतिहास रचेका छन् । मेस्सीले रोनाल्डोलाई पछि छाड्दै सर्वाधिक धेरै फिफा बेस्ट अवार्ड जित्ने कीर्तिमान आफ्नो नाममा बनाए ।

मेस्सीले ला लिगको उपाधि जित्नुका साथै युरोपेली गोल्डेन बुट जितेका थिए । तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो । मेस्सीले गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै