काठमाडौँ, २३ भदौ । आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





