काठमाडौँ, १३ भदौ । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी टोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





