काठमाडौँ, १२ भदौ । आज बिहीबार सुनचाँदी मूल्य बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर छापवाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





