काठमाडौँ, २ भदौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भुस्थित ठूलो भर्याङमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
योसँगै मेगा बैंकका एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ ।
मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।





