उपकुलपतिका लागि ‘लिगलिगे दौड’ शुरू

काठमाडौँ, २९ साउन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च कमिटीको पहिलो बैठक कमिटी बनेको १० दिन भइसक्दासम्म बस्न सकेको छैन ।

बैठक बस्न नसकेपछि उपकुलपति छनौट गर्न कमिटीलाई हम्मे हम्मे पर्ने भएको छ। सरकारले सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेका हुन् ।

कमिटीमा व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र आंगिक क्याम्पसका तर्फबाट त्रिवि सभाका सदस्य एवं मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेका छन् ।

प्रम ओलीले आफूनिकट रहेका व्यक्तिलाई उपकुलपति बनाउने चाहना राख्नुभएपछि सर्च कमिटी अलमलमा परेको कारण बैठक बस्न नसकेको बताइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई