साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । 

दूतावासले एक विशेष सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको हो । दूतावासले जारी गरेको ५ बुँदे अनुरोधपत्रमा साउदी अरेबियाका आधिकारिक निकायहरुबाट जारी हुने सुरक्षा निर्देशनहरुको पूर्ण रूपमा पालना गर्न भनिएको छ । विशेषगरी सुरक्षा सतर्कता सम्बन्धी चेतावनी जारी भएको समयमा बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

दूतावासले सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिन नेपालीहरूलाई सचेत गराएको छ । साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, जानकारी, फोटो तथा भिडियोहरू अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न कडा निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।