११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । 

नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै गैरहाजिर हुनुको कारण सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो। 

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत कार्यालयको सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले यो सामूहिक सूचनामार्फत उनीहरूलाई सफाइको अन्तिम मौका प्रदान गरेको छ। 

सूचनामा भनिएको छ, ‘तोकिएको अवधिभित्र आफू गैरहाजिर रहनुको कारण सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर नभए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइनेछ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।