काठमाडौँ, २८ साउन । आज मंगलबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।
आज शेयर बजारमा परिसूचक नेप्से २ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ३१ अंकमा बन्द भएको छ ।
सेन्सेटिभ परिसूचक पनि घटेको छ । परिसूचक नेप्से घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । १ सय ५६ कम्पनीको ४८ करोड १६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
माछापुच्छ«े बैंकको मात्रै शेयर कारोबार झण्डै १३ करोड रुपैयाँको भएको छ । लक्ष्मि बैंकको कारोबार पनि ८ करोड ६१ लाख रुपैयाँ बराबरको भएको छ ।
यध्यपि केही राम्रो वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुको कारोबार भने तुलनात्मक रुपमा बढी छ ।






