५५७ केजी गाँजा बरामद

काठमाडौँ, २० कार्तिक । प्रहरीले झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद गरेको छ ।

जिल्लाको मेचीनगर नगरपालिका– ५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिएको हो ।

आज बिहान स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी रहेको प्रहरीको भनाइ छ ।

उक्त गाँजा बरामद गरी आवश्यक मुचुल्का सम्पन्न गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५)