मुख्य भन्सार नाकाबाटै सबैभन्दा बढी राजस्व छली

काठमाडौँ, २८ साउन । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् ।

विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ । जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राखिएको थियो । सो नाकाबाट लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व उठ्न नसकेको पाइएको छ ।

भन्सार विभागले भैरहवा भन्सार कार्यालयबाट ५८ अर्ब ६३ करोड ५२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ५० अर्ब ९४ करोड ८२ लाख मात्रै राजस्व उठेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो