भारतका सरकारी कलेजले दिएनन् नेपाली विद्यार्थीर्ला निर्वाह भत्ता

काठमाडौँ, २८ साउन । भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) नपाएर हैरान भएका छन् । प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म नेपाली विद्यार्थी स्टाइपेन्ड पाएका छैनन् ।

चिकित्साशास्त्रअन्तर्गत एमडी÷एमएस, डीएम÷एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक निर्वाहभत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ र नेपालमा पढ्ने भारतीय विद्यार्थीले पनि मासिक रुपमा त्यस्तो पत्ता पाइरहेका छन् ।

दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (उम्स), चन्डीगढको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआईएमईआर) र पेन्डीचरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआईपीएमइआर) मा गरी १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो समाचार कान्तिपुर दैनिमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ