महासंघकै दबाबमा सहकारीमा उच्च ब्याजदर

काठमाडौँ, २७ साउन । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाइएको पाइएको छ ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्थाअनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नहुने भन्दै बढाउन दबाब दिएपछि सहकारी विभागले १६ प्रतिशत निर्धारण गरी आईतबार लागू गरिसकेको छ ।

ब्याजदरको सीमा बढाउनकै लागि महासंघले बजारमा चलेको औषत दरभन्दा उच्चदर कायम गर्न सुझाव गरेको थियो ।

महासंघले विभागमा पठाएको सुझावमा सहकारीको ऋणमा १७.५ प्रतिशत सन्दर्भ ब्याजदर कायम गर्न सुझाव दिएको थियो । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो