प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

काठमाडौँ, २७ साउन । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ ।

गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण  प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो