काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् ।
ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौँबाट भिमान तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुली तर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल रहेका छन् ।
ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ । आगलागीबाट ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ ।







