छात्रवृत्ति नै दिँदैनन् निजी कलेज, त्रिविको अनुगमन फितलो

काठमाडौँ, २७ साउन । त्रिभुवन विश्वविद्यलाय अनुगमन निर्देशनालयले प्रभावकारी अनुगमन नगर्दा सम्बन्ध प्राप्त निजी कलेजलहरुको मनोमानी बढ्दै गएको छ ।

पार्टीका नेताका बलमा त्रिविबाट सम्बन्ध लिएर सञ्चालन भइरहेका यस्ता कलेजहरुको अनुगमन, नियमन र दोषी पाइए कारावही गर्ने आँट प्रशासनले नगर्दा मनोमानी बढ्दै गएको हो ।

यस्ता कलेजहरुले भर्ना भएका विद्यार्थीमध्येबाट १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था लत्याएका छन् । उनीहरुले स्नातक र स्नातकोत्तर तहमा दिनुपर्ने कुनै पनि छात्रवृत्ति दिएका छैनन् ।

त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ को परिच्छेद ९ को बुँदा नम्बर २२ को छात्रवृत्ति तथा विद्यार्थी कल्याण कोषमा गरिएको व्यवस्था अनुसार सम्बन्ध प्राप्त प्रत्येक क्याम्पसमा छात्रावृत्ति तथा विद्यार्थी कल्याण कोष खडा गर्नुपर्छ ।

त्यही कोषबाट सम्बन्धन प्राप्त कलेजले प्रत्येक तह र कार्यक्रममा प्रत्येक वर्ष उत्कृष्ट नतिजा प्राप्त कम्तिमा एक छात्रा र एक छात्रलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ