ट्रिटन स्काउट ट्रुपका स्काउटलाई दिक्षा र पदोन्नति

काठमाडौँ, २४ साउन । सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलअन्तर्गत सञ्चालित ट्रिटन स्काउट ट्रुपका तालीम सकेका ३० जना नयाँ स्काउट विद्यार्थीलाई दिक्षा दिइएको छ भने ४० जना स्काउटको पदोन्नति गरिएको छ ।

३ नं प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् इजि पायोनियर स्काउट ग्रुप भक्तपुरका संस्थापक अध्यक्ष विजेन्द्र ध्वँजु, ट्रिटन स्कुलका निर्देशक राजन सुवेदी, भाइस प्रिन्सिपल ममता शाह तथा स्काउट गुरु शीवकुमार त्वायनाले ती स्काउटलाई दिक्षित गर्नुका साथै पदोन्नतिको ब्यायज पनि वितरण गरेका थिए ।

३० जना नवस्काउटलाई स्काउट सदस्यता ब्यायज र स्कार्फ प्रदान गरिएको थियो भने ४० जना पुराना स्काउटलाई दोस्रो तहको विपि पिक र तेस्रो तहको अन्नपूर्ण ब्यायज प्रदान गरिएको थियो । सो विद्यालयमा स्काउट गुरुहरु शीवकुमार त्वायना र बलराम प्यासीले स्काउट कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

स्काउट दिक्षान्त कार्यक्रमलाई सम्वोधन गर्दै ३ नं प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठले अरु विद्यार्थीभन्दा स्काउटहरु प्राकृतिक विपत्तिदेखि मानवीय उद्धारसम्ममा खटिँदै आएको देख्दा खुसी लागेको बताए । सानै उमेरदेखि स्काउटको माद्यमबाट मानव कल्याण र सामाजिक उत्तरदायीत्वमा विद्यार्थीलाई सहभागी गराउन पनि उनले सबै अभिभावक र विद्यालयसंग आग्रह पनि गरे ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् इजि पायोनियर स्काउट ग्रुप भक्तपुरका संस्थापक अध्यक्ष विजेन्द्र ध्वँजुले जीवन उपयोगी शिक्षाको रुपमा रहेको स्काउटिङ्ग शिक्षा अहिले धेरैजसो नीजि विद्यालयमा मात्रै सञ्चालनमा रहेकोले यसलाई सरकारले मुलुकका सबै सामुदायीक विद्यालयमा विस्तार गर्न जरुरी रहेको बताए ।

ट्रिटन इन्टरनेशनल कलेजका सहप्राचार्य श्रीकृष्ण विष्टले विद्यार्थीहरु अल्छी र अनुशासनहीन हुँदै गएको पछिल्लो समयमा सबै विद्यार्थीलाई स्काउट शिक्षा दिनैपर्ने आवश्यकता औंल्याए । तालीम प्राप्त स्काउट विद्यार्थी आत्मनिर्भर र अनुशासित हुने पनि उनले बताए ।

विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक राजन सुवेदी तथा कोअर्डिनेटर चक्रकुमार श्रेष्ठले पनि स्काउटिङ्ग शिक्षाको महत्वबारे बोलेका थिए । स्काउट दिक्षान्त समारोहमा चीनबाट आएका चिनिँया स्वयम्सेवक शिक्षक/शिक्षिकाहरुको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ