जुम्ला, २३ साउन । जुम्लामा दुई हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिकाको गज्र्याङकोट, डिल्लीचौर, तातोपानी रकुडारीका टुहुरा बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् ।
बालबालिकाको पढाइ सहजता होस् भन्ने उद्देश्यले आमाबाबाविहीन बालबालिकालाई लक्षित गरी गैरसरकारी संस्था किडार्क नेपाल जुम्लाले टुुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी अभिमुखी तालीमसमेत दिइएको छ ।






