काठमाडौँ, २२ साउन । साहित्यतर्फ रुचि भएका ग्रामर पव्लिक स्कुलकका ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई अंग्रेजी भाषामा कविता लेखन प्रतियोगिता आयोजना गरिएको छ ।
विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामगेल घिसिङ्गका अनुसार उक्त प्रतियोगितामा कक्षा ४ र ५ कक्षाको समूहबाट अंशु बस्याल, अनिशा राई र श्रीजा राई तथा कक्षा ६ र ७ को समूहबाट आस्का कर्ण, कामना राई र जेनिशा राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
यसैगरि कक्षा ८ र ९ को समूहबाट आँचल सिंह, प्रतिष्ठा बोहोरा र प्रकृति अधिकारी पहिलो दोस्रो र तेस्रो भएका थिए । विजयी विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप संयोजक घिसिङ्गले पुरस्कार वितरण गरे ।





