ग्रामरमा अंग्रेजी कविता लेखन प्रतियोेगिता

काठमाडौँ, २२ साउन । साहित्यतर्फ रुचि भएका ग्रामर पव्लिक स्कुलकका ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई अंग्रेजी भाषामा कविता लेखन प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामगेल घिसिङ्गका अनुसार उक्त प्रतियोगितामा कक्षा ४ र ५ कक्षाको समूहबाट अंशु बस्याल, अनिशा राई र श्रीजा राई तथा कक्षा ६ र ७ को समूहबाट आस्का कर्ण, कामना राई र जेनिशा राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

यसैगरि कक्षा ८ र ९ को समूहबाट आँचल सिंह, प्रतिष्ठा बोहोरा र प्रकृति अधिकारी पहिलो दोस्रो र तेस्रो भएका थिए । विजयी विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप संयोजक घिसिङ्गले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई