काठमाडौँ, २२ साउन । हिन्दु धर्मावलम्वीहरुले मनाउने गरेको साउने सोमबारको अवसरमा भगवान शीवको मन्दीरहरुमा लाग्ने भीड नियन्त्रण तथा दर्शनार्थीहरुलाई सेवा पुर्याउने उद्धेश्यले काठमाडौंको पशुपतिनाथ मन्दीर र केदारनाथको शीरको रुपमा परिचित भक्तपुरको डोलेश्वर मन्दीरमा काठमाडौंबाट स्काउटहरु गएर गत सोमबार एकदिन स्वयम्सेवा गरेका छन् ।

शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुल अन्तर्गतको बेबिलोन स्काउट ट्रुपका स्काउटहरु स्काउट गुरु रञ्जनलाल श्रेष्ठसंग पशुपतिनाथ मन्दीरमा पुगेका थिए भने भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त एवम् ग्रामर स्कुलका स्काउट गुरु शीवकुमार त्वायनाको नेतृत्वमा ग्रामर स्काउट ट्रुपका स्काउटहरु भक्तपुरको सिपाडोलस्थित डोलेश्वर मन्दीर पुगेर स्वयमसेवा गरेका थिए ।

उक्त टोलीमा ग्रामर स्कुलको अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामगेल घिसिङ्ग, अनुषा राई र डम्वर नारायण चौधरी सहभागी थिए ।
स्काउटहरुलाई सामाजिक र धार्मिक कार्यमा सहभागी गराउने उद्धेश्यले विभिन्न मेला र पर्वहरुमा स्काउटलाई विभिन्न मठ मन्दीरमा स्वयम्सेवा गर्न लाने गरिएको ग्रामर स्कुलका अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामगेल घिसिङ्गले बताए ।






